विश्वकपमा छनोट नभएपछि जिम्बावेद्वारा कप्तान देखि प्रशिक्षकको टिम नै बर्खास्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१८
  • |
  • 146 पटक हेरिएको

चैत्र १८ । विश्वकपमा छनौट हुन् नसकेको जिम्बाबे क्रिकेट बोर्डले कप्तानसहित सम्पूर्ण कोचिङ स्टाफलाई हटाएको छ ।

सन् २०१९ मा हुने विश्वकपमा छनौट हुन् असफल भएको जिम्बाबेले टिमका कप्तान गरिम क्रेमर सहित कोच हिथ स्ट्रीक सहितको कोचिङटिमलाई बर्खास्त गरेको छ ।

कोचिंग स्टाफमा मुख्य कोच हिथ स्ट्रीक, ब्याटिंग कोच लांस क्लूजनर, बलिंग कोच डग्लस होंडो, फील्डिंग कोच वाल्टर चावागुटा, फिटनेस कोच सीन बेल र टीम एनालिस्ट स्टानले चिओजालाई हटाइएको छ ।

यसका साथै अन्डर-१९ टीमका कोच स्टीफन मागोगो र मुख्य छनौटकर्ता टटेंडा टायबूलाई पनि हटाइएको छ ।

बोर्डको निर्णयको जवाफमा प्रमुख प्रशिक्षक हिथ स्ट्रीकले आफ्ना कुरा राख्ने मौका समेत नदिइएको गुनासो गरेका छन् ।

घरेलु भूमिमा आयोजना भएको छनोट प्रतियोगिताको सुपर ६ को महत्वपूर्ण खेलमा युएईसँग पराजित भएपछि जिम्बावे विश्वकपमा छनोट हुन असफल भएको थियो। छनोट प्रतियोगिताबाट वेस्ट इन्डिज र अफगानिस्तानले विश्वकपमा स्थान पक्का गरेका थिए।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey