अन्तरकलेज बास्केटबल हुने

0

चैत १६, काठमाडौं । काठमाडौंको आधारशीला कलेजले प्रथम अन्तर कजेल बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नयाँबजारस्थित कलेजको कोर्टमा चैत २२ र २३ गते प्रतियोगिताको आयोजना गरिने आधारशीला कलेजले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका कलेजहरुको टिम सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Post Add 1025X115
Loading...