तीन महिला भलिबल खेलाडीले पाए छात्रबृति

0

१५ चैत, काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले तीन महिला भलिबल खेलाडीलाई प्रायोजन गरेको छ ।

एपीएफ क्लवकी सरस्वती चौधरी र रेश्मा भण्डारी तथा नेपाल पुलिसकी कामना विष्टलाई प्रतिष्ठानले आगामी २ वर्षका लागि प्रायोजन गरेको हो । तीन खेलाडीहरुले जनही मासिक २ हजार पाउनेछन् । तीनै खेलाडी राष्ट्रिय टोलीका हुन् ।

प्रतिष्ठानले गत वर्षलेखि खेलाडीलाई छात्रबृति प्रदान गर्न सुरु गरेको थियो । यसअघि प्रतिष्ठानले प्रतिभा माली, कृपा अधिकारी र अरुणा शाहीलाई छात्रबृति सहयोग गरेको थियो ।

शेरबहादुर खड्का स्मृति प्रतिस्ठानले आगामी बैशाखको तेस्रो साता काठमाडौंमा राष्ट्रिय महिला भलिबलको आयोजना गर्दैछ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा बैशाख २१ देखि २५ गतेसम्म सञ्चालन हुने जानकारी दियो ।

प्रतियोगितामा तीन बिभागीय, न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टिम र जावलाखेल भलिबल प्रशिक्षक केन्द्रको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन् । सर्बोत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फ उत्कृष्ट ६ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन् ।

त्यस्तै प्रतिष्ठानले एक खेलाडीलाई स्पेसल अवार्डको रुपमा १० हजार रुपैयाँले सम्मान पनि गर्ने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।

 

Post Add 1025X115
Loading...