ढोरपाटन भलिबलमा न्यू डायमण्डको कठिन जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१२
  • |
  • 410 पटक हेरिएको

माघ १२, काठमाडौं । १३औं ढोरपाटन महिला डवल लिग भलिबलमा अहिलेसम्म अपराजित रहेको न्यू डायमण्ड एकेडेमीले ठप्स स्कुलको टोलीबिरुद्ध कठिन जित निकालेको छ ।

शुक्रबार नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा राष्ट्रिय खेलाडीहरु मञ्जु गुरुङ, अरुणा शाही सम्मिलित टोली टप्सले प्रतियोगिताको साविक उपबिजेता न्यू डायमण्डलाई बलियो चुनौति दिएको थियो ।

पहिलो सेट २०–२५ ले गुमाएको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै न्यू डायमण्डले बाँकी तीन सेट २५–१९, २५–१८ र २५–९ ले आफ्नो पक्षमा पारेको हो ।

प्रतियोगिताको अर्को अपराजित टोली एपीएफले पूर्वाञ्चल भलिबल संघको टोलीबिरुद्ध २५–७, २५–११ र २५–११ को सहज जित निकाल्यो ।

शुक्रबारको खेलमा नेपाल पुलिसले दोहोरो जित आत्मसाथ गरेको छ । उसले पूर्वाञ्चल र थ्रीस्टारलाई समान ३–० को सेटमा हरायो ।

त्यस्तै त्रिभुवन आर्मीले श्रीगाउँ खेलकुद बिकास समिति दाङको टोलीलाई २५–१२, २५–१७ र २५–२३ को सोझो सेटमा हरायो ।

शुक्रबारकै अर्को खेलमा मेघौली स्पोर्टस क्लवले स्प्रिन्डल स्कुलको टोलीलाई ३–० को सेटमा हरायो ।

प्रतियोगिता अन्तर्गत शनिबार ६ खेलहरु हुनेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey