पुलिस आहा ! रारा गोल्डकपको क्वार्टरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१२
  • |
  • 156 पटक हेरिएको

माघ १२, कास्की । नेपाल पुलिस क्लव आहा ! रारा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा पुलिसले झापा–११ लाई १–० गोलले हरायो ।

खेल सुरु भएको १२औं मिनेटमै सुमन लामाले गरेको गोल पुलिसको जितमा निर्णायक बन्यो । त्यसयता झापा–११ खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न सकेन ।

गत साता सम्पन्न राष्ट्रिय फुटबलको उपाधि जितेको नेपाल पुलिस नकआउट प्रतियोगिताको लयमा फर्कन प्रयासरत छ ।

क्वार्टरफाइनलमा पुलिसले मनाङ मस्र्याङदीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत शनिबारदेखि क्वार्टरफाइनल चरणका खेलहरु सुरु हुनेछन् । पहिलो क्वार्टरफाइनलमा सुदूरपश्चिम–११ र उत्तर बरिधारा बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

साहारा क्लवको आयोजनामा भएको प्रतियोगिताको उपाधि बिजेताले ७ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey