डेल पोत्रो र इस्नर मायामी ओपनको सेमिफाइनलमा भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१५
  • |
  • 280 पटक हेरिएको

चैत १५ । अर्जेन्टाइन खेलाडी हुवान मार्टिन डेल पोत्रो मायामी ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् । क्यानडाका मिलोस रोओनिकलाई २–१ को सेटमा हराउँदै डेल पोत्रो सेमिफाइनलमा प्रवेश गरे ।

राओनिकविरुद्धको पहिलो सेट गुमाएको अवस्थामा डेल पोत्रोले पछिल्ला दुई सेटमा कम ब्याक गर्दै सेमिफाइनलको यात्रा सुरक्षित गराए । तीन घण्टा चलेको खेलको पहिलो सेटमा डेल पोत्रो ५–७ ले पराजित भएका थिए ।

बाँकी दुई सेट निकै प्रतिष्पर्धात्मक रह्यो । दोस्रो सेटमा पाँचौं वरियताका डेल पोत्रोले ७–६ को टाई ब्रेकर अंकमा विजयी हुँदै खेल बराबरीमा पु¥याए । अन्तिम सेटमा राओनिकले डोल पोत्रोमाथि चुनौती दिएपनि खेल ७–६ ले गुमाए ।

सेमिफाइनलमा डेल पात्रोले १४ औं वरियताका अमेरिकी खेलाडी जोन इस्नरको सामना गर्नेछन् । इस्नरले दक्षिण कोरियाका चुङ ह्योङलाई २–० कै सोझो सेटमा हराए

इस्नर ६–१ र ६–४ को सहज सेटमा विजयी भएका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal