नेपालले पहिलो पटक एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको आयोजना गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१३
  • |
  • 340 पटक हेरिएको

चैत्र १३ । नेपालले अर्को वर्षको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप आयोजनाको जिम्मा पाएको छ ।

नेपालमा आयोजना हुने यो प्रतियोगिता अहिले सम्मकै ठूलो प्रतियोगिता हुनेछ । नेपालले यसअघि पनि च्याम्पियनसिप आयोजनाको दाबी गरेपछि बल्ल आएर मौका पाएको हो ।

एसियाली भलिबल महासंघ सेन्ट्रल जोनको सोमबार माल्दिभ्समा बसेको बैठकले सन् २०१९ को नोभेम्बर देखि डिसेम्बर भित्र हुने च्याम्पियनसिपको आयोजनाको जिम्मा नेपाललाई दिएको हो ।

नेपालले गत वर्ष माल्दिभ्समा भएको तेस्रो एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपमा कास्य पदक जितेको थियो ।

चार दशक लामो अन्तर्राष्ट्रिय यात्रामा नेपालले जितेको त्यो पहिलो अन्तर्राष्ट्रिय पदक हो । सेन्ट्रल जोनमा एसियाका १४ राष्ट्र सहभागि हुनेछन । त्यसमा ५ राष्ट्र ए र बाँकी ९ राष्ट्र बी श्रेणीमा छन् ।

नेपालसहित माल्दिभ्स, अफगानिस्तान, भुटान, बंगलादेश, तुर्किमिनिस्तान, ताजकिस्तान, कीर्गिस्तान र उज्वेकिस्तान बी श्रेणीमा छन् । भारत, पाकिस्तान, श्रीलंका, काजकिस्तान र इरान ए श्रेणीमा छन् ।

यो च्याम्पियनसिप यसअघि सन् २०१५ र २०१६ बंगलादेश र २०१७ को माल्दिभ्सले आयोजना गरेको थियो । अप्रिल २० देखि हुने चौथो संस्करण पनि बंगलादेशले आयोजना गर्दैछ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey