विवादित शामीको सम्झौता बिसीसीआईद्वारा नविकरण

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-११
  • |
  • 137 पटक हेरिएको

श्रीमतीको आरोपका कारण विवादमा परेका भारतीय क्रिकेटर मोहम्मद शामीलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले फेरि वार्षिक करार सम्झौतामा राखेको छ।

यसअघि गरेको करार सम्झौता सुचीमा शामीलाई यहि विवादका कारण राखेको थिए । शामीमाथि पत्नी हासीनले गम्भीर आरोप लगाएकी थिइन्।

यसअघि जस्तै सामीलाई बीसीसीआईले बी क्याटेगोरीकै कन्ट्याक्टमा राखेको छ ।

पत्नीले शामीमाथि यस्तो आरोप लगाएकी थिइन्

शामीकी पत्नी हसीनले उनीमाथि परस्त्रीसँग अनैतीक सम्बन्ध राखेको र आफूमाथि घरेलू हिंसा गरेको आरोप लगाएकी थिइन्।

शामीको अन्यत्र कुनै युवतीसँग प्रेम सम्बन्ध भएका कारण आफूमाथि शारीरिक र मानिक शोषढ गरेको आरोप पत्नीले लगाएकी छन्। यता शामीले आफूमाथि लागेको आरोपको खण्डन गर्दै उक्त आरोप निराधार रहेको भन्दै आफ्नो बद्नाम गर्न यस्तो कुरा गरेको दाबी गरेका थिए।

पत्नीले लगाएको आरोपले शामी समस्यामा पर्ने बीसीसीआईको निगरानी समितिले बताएको थियो।

तर समितिका अध्यक्ष विनोद रायले शामीमाथिको आरोप व्यक्तिगत भएको भन्दै यसले पेशेवर अनुबन्धमा कुनै असर नगर्ने क्रिकेट वेबसाइट ईएसपीएन क्रिकइन्फ़ोलाई बताए।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey