नेपालका कारण शिर्ष ६ मा पुगेको अफगानी टिम विश्वकपमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०९
  • |
  • 163 पटक हेरिएको

आयरल्याण्डलाई हराउँदै अफगानिस्तान सन् २०१९ मा हुँने एकदिवसिय विश्वकपमा स्थान बनाउन सफल भएको छ ।

सुपरसिक्समा ३ खेलमा जित निकाल्दै ६ अंक जोडेको अफगानिस्तानले जिम्बावे र स्कटल्याण्डलाई पछि पार्दै विश्वकपमा स्थान बनायो ।

आयरल्याण्ड विरुद्ध जित्ने पर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको अफगानिस्तानले ५ विकेटको जित निकाल्यो ।

समुह चरणमा नेपालले हङकङलाई हराएपछि सुपरसिक्समा पुग्ने भाग्यमानी टिम बनेको अफगानिस्तानले सुपरसिक्सको अन्तिम खेलमा आयरल्याण्डलाई दुई सय नौ रनमा समेट्न सफल भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डका लािग केविन ओब्राइनले ४१ तथा पाउल स्ट्रलिङले ५५ रन बनाए । यस्तै नील ओब्राइनले ३६ रन जोडे । बलिङ तर्फ रसिद खानले ३ विकेट लिए ।

जवाफमा मोहम्मद सहजादको ५४ तथा गुल्बादीन नायवको ४५ रनको मद्दतले अफगानिस्तानले ४९ ओभर एक बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

उसका लागि कप्तान अस्घरले ३९ रन बनाए । अब उपाधिका लागि अफगानिस्तानले वेष्ट इन्डिजसँग खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey