एशियन गेम्सका लागि तेक्वान्दो खेलाडी छनोट

0
चैत्र ९, काठमाडौं । आगामी १८औँ एसियनको तयारीका लागि नेपाली राष्ट्रिय तेक्वान्दो टोली छनोट भएको छ ।
शुक्रबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको राष्ट्रिय प्रशिक्षण केन्द्रमा भएको छनोटमा ग्यरोगीमा ८ तौल र पुम्सेतर्फ गरी २ गरी कुल १० खेलाडी छनोट गरिएको हो ।
इन्डोनेसियाको जकार्तामा अगस्ट १८देखि २ सेप्टेम्बरसम्म हुने एसियन गेम्सको विशेष तयारीका लागि खेलाडी छनोट गरिएको नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य एवं प्रतियोगिता संयोजक बद्रीप्रसाद घिमिरेले जानकारी दिए ।
महिलाको ग्यरोगीतर्फ ४९ केजीमुनि अस्मिता खड्का, ५३ केजीमुनिमा निमा गुरुङ र ६७ केजीमुनि संगिता बस्याल छनोट भइन् ।
पुरुषको ग्यरोगीमा ५८ केजीमा सागर गुभाजु, ६३ केजीमा बिरबहादुर महरा तथा ६८ केजीमा ज्ञानेन्द्र हमाल छनोट हुन सफल भए ।
बीरबहादुर गत सागको रजत पदक र पराजित निश्चलमान कांस्य पदक विजेता हुन् । पुरुषको ८० केजीमा सक्षम कार्की र ८७ केजीमाथि अनुज पुजारी छनोट भए ।
पुम्सेतर्फ महिलामा पार्वती गुरुङ तथा पुरुषमा कमल श्रेष्ठ छनोट भए । अगामी एसियन गेम्सदेखि पुम्से विधा पनि समावेश हुने प्रतियोगिता संयोजक घिमिरेले जानकारी दिए ।
छनोटमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो ।
Post Add 1025X115
Loading...