राष्ट्रिय पुरुष भलिबल प्रतियोगितालाई प्रायोजनको ओइरो

0

चैत्र ७ काठमाडौ । नमुना युथ एक्टीभ ग्रुपको आयोजनामा संचालन हुने दोश्रो खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगितालाई मेलम्ची खानेपानी ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिले मुख्य प्रायोजन गर्ने भएको छ ।

बुधवार पत्रकार सम्मेलनमा मुख्य प्रायोजन गरे बापत ८ लाखको चेक अध्यक्ष उपेन्द्र तामाङले आयोजक नमुना युथ एक्टीभ ग्रुपका अध्यक्ष शिर बहादुर तामाङलाई हस्तान्तरण गरेका छन् ।

मेलम्ची खानेपानी ह्योसिमेस दोश्रो खुला राष्ट्रिय पुरुष भलिबलको नामबाट चैत्र २१ देखि २४ सम्म संचालन हुने प्रतियोगितालाई मेलम्ची नगर पालिकाले सह–प्रायोजन गर्ने भएको छ ।

प्रतियोगितालाई सह प्रायोजन गरे बापतको रकम ५ लाखको चेक मेयर डम्वर बहादुर आर्यलले आयोजकका अध्यक्ष तामाङलाई हस्तान्तरण गरे । त्यस्तै हेलम्बु एजुकेशन एण्ड लिभिङ पाटर्नशिप(हेल्प) का संचालक जिमी लामाले प्रतियोगिताको प्रथम पुरस्कार बापतको १ लाख ५२ हजारको चेक हस्तान्तरण गरे ।

प्रतियोगिताको सफलताका लागि श्यामा श्यामाधामा मेलम्ची शाखाका श्याम खड्काले १ लाख ११ हजार,तामाङ समाज रामेछाप कोरियाका उपाध्यक्ष बुद्ध लामाले १ लाख,दिपक फुट सेन्टर कालीमाटी र न्यु बुद्ध मिनी मार्केटले समान ५० हजारको चेक हस्तान्तरण गरेका छन् ।

प्रतियोगिता मेलम्ची नगरमा हुने प्रतियोगिताको बिजेताले १लाख ५२ हजार २ सय २ रुपया,उपाबिजेतालाई ८२ हजार २ सय २ रुपया, र तेश्रो हुनेले ५२हजार २ सय २ नगद प्राप्त गर्ने छन् ।

प्रतियोगितामा १५ टिमको सहभागिताको अपेक्षा गरिएको आयोजक संघका अध्यक्ष शिर बहादुर तामाङले जानकारी गराए । मेलम्चीको चिनारी र भलिबल बिकास भन्ने उद्देश्यका साथ संचालन हुने प्रतियोगिताको अनुमानित २० लाख बजेट रहेको आयोजकले जनाएको छ ।

Post Add 1025X115
Loading...