फेडेररलाई हराउँदै हुवान मार्टिनले जिते इन्डियाना वेल्सको उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०५
  • |
  • 163 पटक हेरिएको

विश्व बरियतामा शिर्ष स्थानमा रहेका रोजर फेडेररलाई हराउँदै अर्जेन्टिनी खेलाडी हुवान मार्टिन डेल पोर्टोले इन्डियाना ओपनको पुरुष तर्फको उपाधि जितेका छन ।

क्यालिफोर्नियामा भएको फाइनलमा पोर्टोले किर्तीमानी खेलाडी फेडेररलाई दुई एकको सेटमा पराजित गरे ।

फेडेररलाई यो बर्ष पहिलो हार चखाउने क्रममा डेल पोर्टोले पहिलो सेट ६–४ ले जितेका थिए ।

तर दोस्रो सेटमा कमब्याक गरेका फेडररले ७–५ ले जित्दै एक एक सेटको बराबरी गरे ।

तेस्रो तथा निर्णयक सेटमा पोर्टोले फेडेररलाई टाइब्रेकरमा ७–६ ले पछि पारे र उपाधि उचाले ।

क्यालिफोर्नियामा किर्तीमानी छैटौ पटक इन्डियाना वेल्सको उपाधि जित्ने लक्ष्यमा रहेका फेडेरर चुक्न पुगे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal