म्यान्चेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा

0

चैत ४ । म्यान्चेस्टर युनाइटेड इंग्लिस फुटबल प्रतियोगिता एफ ए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको क्वार्टरफाइनलमा ब्राइटनलाई २–० ले हराउँदा रोमेलु लुकाकु र निमाञ्जा म्याटिकले एक एक गोल गरे । लुकाकुको एफए कपको ११औं खेलमा यो १२औं गोल हो ।

साथै म्यान्चेस्टर युनाइटेडले एफए कपको अहिलेसम्मको यात्रामा एक गोल पनि खाएको छैन ।

यस जितले गएको मंगलबार मात्रै सेभियासँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको युनाइटेडका लागि कम्तिमा एउटा उपाधिको आशा जगाएको छ ।

तर, जोसे माउरिन्होको टोली म्यान्चेस्टरले दोस्रो हाफमा भने निकै संघर्ष गर्नुपरेको थियो । दोस्रो हाफमा ब्राइटनले गोलका धेरै अवसरहरु खेर फालेको थियो । तर, अन्त्यतिर म्याटिकले गोल गरेपछि ब्राइटनको एफए कप यात्रा यस सिजनका लागि सकियो ।

शनिबारै भएको अर्को खेलमा स्वान्सी सिटीलाई ३–० गोलले हराउँदै टेटनह्याम पनि एफए कपको सेमिफाइनलमा पुगेको छ । टोटनह्यामका लागि क्रिष्टियन इरिक्सनले २ गोल गर्दा इरिक लामेलाले १ गोल गरेका थिए ।

Post Add 1025X115
Loading...