जिम्बावे भ्रमणको सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०२
  • |
  • 191 पटक हेरिएको

चैत २ । जारी आईसीसी विश्वकप छनोटको सातौं र आठौं स्थानका लागि शनिबार नेपाल र नेदरल्याण्ड्स आपसमा उत्रँदा दुई टोलीको अवस्था फरक छ । एकदिवशीय मान्यता पाएपछि नेपाली टाेली उत्साहित छ भने प्रतियोगितामा खराव लयमा रहेकाे नेदरल्याण्ड्स सुपर सिक्समा पुग्न नसकेपछि साताैं स्थानका लागि खेल्नुपरेकाे छ ।

नेपाल भर्सेस नेदरल्याण्ड्स
क्वेक्वे स्पोर्टस क्लव, क्वेक्वे
विश्वकप छनोट, सातौं र आठौं स्थानको प्लेअफ
चैत ३, शनिबार, नेपाली समयः दिउँसो १ः१५ बजे

नेपाल आफ्नो क्रिकेट इतिहासकै सबैभन्दा महत्वपूर्ण क्षणमध्येको एक हासिल गरेपछि निक्कै उत्साहित छ । बिहीबार पपुवा न्यूगिनीबिरुद्ध ६ विकेटको जित दर्ता गरेपछि नेदरल्याण्ड्सले हङकङलाई हराएसँथै नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा अविश्मरणीय प्रदर्शन गरेलगत्तै विश्वकप छनोट प्रतियोगितामा हासिल गरेको यस सफलताले नेपाली समर्थक र क्रिकेटर दुवै हर्षित छन् ।

नेदरल्याण्ड्सको हकमा, जसले गत वर्ष आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेसँगै टेष्ट राष्ट्रहरुपछि १३औं नम्बरमा ओडीआई स्टाटस पाएको थियो, विश्वकप छनोटमा उसको महत्वाकाँक्षा सातौं स्थानका लागि खेल्नेभन्दा धेरै नै माथि थियो । तर, विश्वकप छनोटको सातौं स्थानका लागि खेल्नुमै उसले गर्व गर्नुपर्ने अबस्था देखियो । पक्कै पनि उसका लागि यो निराशाजनक क्षण हो । तर, यो सबैको कारण उसकै खराव प्रदर्शन हो ।

पीएजनीबिरुद्ध नेपालको वलिङ वास्तवमै घातक थियो । सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ४–४ विकेट लिएपछि पीएनजी २७.२ ओभरमा ११४ रनमै समेटिएको थियो । प्रतियोगिताको सुरुआत संघर्षपूर्ण भए पनि यसकिसिमको प्रदर्शनले नेपालको प्रोत्साहन बढेको छ ।

यद्यपि नेपालले ब्याटिङमा सुधार गर्नुपर्नेछ । विशेष गरी टप अर्डरले राम्रो योगदान गरेको अवस्थामा नेपाली टोली कमजोर हुँदैन ।

यता नेदरल्याण्ड्स पनि राम्रो प्रदर्शनको खोजीमा हुनेछ । लामो साझेदारीको आवश्यकता नेदरल्याण्ड्सको लागि पनि छ । यस प्रतियोगितामा मात्र १ पटक नेदरल्याण्ड्सले १८० भन्दा बढी स्कोर गरेको छ । आफ्नो पछिल्लो खेलमा उसले हङकङबिरुद्ध कुनै समय १४५–३ को अवस्थामा रहेर पनि १७४ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

यो दुवै टोलीका लागि प्रतियोगिताको अन्तिम खेल हो । र, दुवै यसलाई अविश्मरणीय बनाउन उत्सुक छन् ।

मुख्य खेलाडी

रोल्फ भान डर मार्वे (नेदरल्याण्ड्स) ३३ वर्षीय बाँया हाते स्पिर मार्वेले प्रतियोगिताको पछिल्लो पाँच खेलमा १२ विकेट लिएका छन् । जहाँ दुई खेलमा उनले ४–४ विकेट लिएका थिए । ब्याटिङमा पनि उनी उत्तिकै सक्षम छन् । उनले अहिलेसम्म लिष्ट ए क्रिकेटमा ८ अर्धशतक र १ शतक प्रहार गरेका छन् । आफ्नो उच्च प्रदर्शनको आँकडा बृद्धि गर्नका लागि नेपालबिरुद्ध अर्को शानदार प्रदर्शनको खोजीमा हुनेछन् ।

दिपेन्द्र सिंह ऐरी (नेपाल) दिपेन्द्रको नाममा ७ अन्तर्राष्ट्रिय विकेट छन्, जुन उनले यही प्रतियोगिताको क्रममा लिएका हुन् । उनको अलराउण्डरको रुपमा सबैभन्दा उच्च प्रदर्शन पीएनजीबिरुद्ध रह्यो । विजयी छक्का प्रहार गर्दै अर्धशतकीय योगदान दिएका दिपेन्द्रले त्यसअघि बलिङमा ४.२ ओभरमा १४ रन खर्चेर ४ विकेट लिएका थिए ।

कण्डिसन

नेदरल्याण्ड्सले हङकङबिरुद्ध यसै मैदानमा खेलेको थियो । नेपालले भने प्रतियोगिता अघिको वार्म अप खेल मात्र यस मैदानमा खेलेको थियो । बिहीबार यस पीचको अवस्था कडा र सुख्खा थियो । खेलाडीहरुले यसले स्लो र लो कण्डिसन भनेका थिए, जहाँ स्पिन आक्रमण प्रभावकारी देखिएको थियो ।

शनिबारको मौसमी अवस्था सामान्य हुने अनुमान गरिएको छ ।

आईसीसीबाट अनुवादित

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey