फेडेरर इण्डियन वेल्स मास्टर्सकाे सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०२
  • |
  • 200 पटक हेरिएको

 

चैत २ । विश्व नम्बर एक रोजर फेडेरर इण्डियन वेल्स मास्टर्सको सेमिफाइनलमा पुगेका छन् ।

क्वार्टर फाइनलमा दक्षिण कोरियाका चङ ह्योनलाई २–० को सोझो सेटमा पराजित गर्दै फेडेरर अन्तिम चारमा प्रवेश गरे ।
साविक विजेता फेडेररले सन् २०१८ सिजनको १६औं जित हात पारे । पहिलो सेटमा ७–५ को टाई ब्रेकर अंकमा जित हात पारेका फेडेररले दोस्रो सेट ६–१ ले जिते ।

क्वार्टर फाइनलमा १२ एसेस प्रहार गरेपछि फेडेररले चङविरुद्ध सिजनको दोस्रो जित हात पारे । अब फेडेररले क्रोएसियाका बोर्ना कोरिकको सामना गर्नेछन् ।

कोरिकले दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई २–६, ६–४ र ७–६ ले हराएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey