विश्व न‍म्वर १ सिमोना इन्डियाना वेल्स टेनिसको क्वाटरफाइनलमा

0

विश्व बरियतामा शिर्ष स्थानमा रहेकी सिमोना हलेप अमेरीकामा जारी इन्डियाना वेल्स टेनिसको पहिला तर्फ क्वाटरफाइनलमा प्रवेश गरेकी छिन ।

आज विहान भएको खेलमा हलेपले चीनकी वाङ क्वेङलाई सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाइन ।

विश्व बरियतामा ५५ औ स्थानमा रहेकी वाङ विरुद्ध हलेपले पहिलो सेट ७–५ ले जितेकी थिइन । दोस्रो सेटमा झन उत्कृष्ट प्रदर्शन गर्दै हलेप ६–१ ले विजयी भइन ।

२६ बर्षे हलेपले क्वाटरफाइनलमा क्रोयसियाकी पेट्रा मार्टिकसंग खेल्नेछिन ।

यस्तै अर्को खेलमा पुर्व विश्व नम्वर एक कारोलिना पिल्सकोभाले पनि क्वाटरफाइनलमा स्थान बनाइन ।

उनले १६ बर्षिया अमान्दा एनिसिमोभालाई ६–१ र ७–६ को सेटमा हराइन । हाल पाचौ बरियतामा रहेकी कारोलिनाले क्वाटरफाइनलमा जापनीज खेलाडी नाइमो ओसाकासंग खेल्नेछिन ।

Post Add 1025X115
Loading...