इटालियन क्लव रोमा १० बर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

0

फागुन ३० । च्याम्पियन्स लिगमा गएराति भएको खेलमा सख्तर डोनेस्कलाई अवे गोलका आधारमा हराउँदै इटालियन क्लव रोमाले क्वाटरफाइनलमा स्थान बनाएको छ ।

घरेलु मैदानमा पहिलो लेगमा दुई एकले पराजित भएको रोमा घरेलु मैदानमा दोस्रो लेगमा एक शुन्यले विजयी भयो ।

१० खेलाडीमा झरेको सख्तर विरुद्ध जित निकाल्ने क्रममा म्यानचेस्टर सिटीको पुर्व स्ट्राइकर इडेन जेकोको एकमात्र गोल निर्णायक बन्यो ।

दुई लेगमा दुबै टिमको दुई दुई गोल भएपछि रोमाले अवे गोलको फाइदा उठाउन सफल भयो । रोमा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा २००८ पछि पहिलो पटक पुगेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५२ औं मिनेटमा रोमाका लागि जेकोले गोल गर्न सफल भए । एक गोलले पछि परेको सख्तर ७९ औं मिनेटमा १० खेलाडीमा झर्न पुग्यो ।

जेकोलाई लडाएका कारण सख्तरका इभान ओरडेट्स रातो कार्ड खादै मैदानबाट बाहिरीए । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र रोमाले क्वाटरफाइनलमा स्थान बनायो ।

प्रतियोगितामा आज बार्सिलोना र चेल्सी विच प्रतिस्पर्धा हुनेछ ।

Post Add 1025X115
Loading...