सातै प्रदेशका तेक्वान्दो संघका प्रतिनिधिको राष्ट्रिय भेला

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२९
  • |
  • 229 पटक हेरिएको

फागुन २९, काठमाडौ । नेपाल तेक्वान्दो संघले आफू मातहतका सातै प्रदेशका तेक्वान्दो संघका प्रतिनिधि सहभागी गराई मंगलबार राष्ट्रिय भेला आयोजना गरेको छ ।

भेलामा प्रदेश संघको काम, कर्तब्य र भूमिका बारे जानकारी गराइएको थियो । सातै प्रदेशले आ–आफ्ना भावी कार्यक्रम भेलामा प्रस्तुत गरेका थिए ।

तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष एवं प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले सातै प्रदेश संघलाई आबद्धताको प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

भेलामा प्रतिनिधिहरुलाई ओलम्पिक मुभ्मेन्ट र चार्टरका बारेमा पनि जानकारी गराइएको थियो ।

त्यसअघि एकदिने भेलाको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal