इशानको अलराउण्ड प्रदर्शनका कारण टियू युनिभर्सिटी कपको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२९
  • |
  • 244 पटक हेरिएको

फागुन २९, काठमाडौं । त्रिभुवन विश्वविद्यालय र कसमस कलेज युनिभर्सिटी क्रिकेट कपको सेमिफाइनलमा पुगेका छन् ।

मंगलबार भएको खेलमा टियूले क्यारेवियन कलेजलाई १३६ रनको भारी अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनायो ।

पहिला ब्याटिङ गर्दै टियूले २० ओभरमा ४ विकेट गुमाउँदै २०७ रनको विशाल योगफल तयार पारेको थियो । टियूका लागि इशान पाण्डेले अविजित १२६ रनको योगदान दिए । ७० बलमा उनले १६ चौका र ५ छक्का प्रहार गर्दा पृथु बास्कोटाले ३२ तथा सुवास खकुरेलले २४ रनको योगदान दिए ।

२०८ रनको लक्ष्य पछ्याएको क्यारेवियन कलेज १९.३ ओभरमा ७१ रनमा अलआउट भयो । क्यारेवियनका लागि सञ्जिव कुशवाहले सर्वाधिक १६ रनको योगदान दिँदा अन्य खेलाडीले अझ खराब प्रदर्शन गरे ।

क्यारेवियनलाई सस्तैमा रोक्नका लागि इशान पाण्डे, सागर ढकाल र विक्रम सोबले तीन तीन विकेट लिए ।

टियू क्रिकेट मैदानमा भएको अर्को खेलमा कसमस कलेजले न्यु समिट कलेलाई ४७ रनले हरायो । कसमसले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । कसमसका कमलसिंह ऐरीले ५६ रनको अर्धशतकीय पारी खेले । यस्तै

योगेन्द्रसिंह कार्कीले २५ र सन्दिप जोराले २४ रनको योगदान दिए ।

बलिङ तर्फ जन्मेजे यादवले ४ विकेट लिए ।

१५० रनको लक्ष्य पछ्याएको न्युसमिट ८ विकेटको क्षतिमा १०२ रनमा रोकियो । न्यु समिटका लागि करण शाहले सर्वाधिक ३१ रन बनाए ।

न्युसमिटलाई हराउनका लागि कुशल भुर्तेलले ३ विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey