‘मैले बिहेको प्रस्ताव गरेँ, जवाफमा काेहलीले ब्याट दिए’

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२९
  • |
  • 153 पटक हेरिएको

फागुन २९ । इंग्ल्याण्ड राष्ट्रिय महिला क्रिकेट टिमकी ब्याट्सवुमन डानी वेटले आशन्न टि–२० ट्राई सिरिजमा विराट कोहलीको ब्याट प्रयोग गर्ने खुलासा गरेकी छिन् ।

गत नोभेम्बरमा अष्ट्रेलियामा भएको तेस्रो टि–२० मा ५८ बलमा शतकको कीर्तिमान बनाएकी वेटले भारत, अष्ट्रेलिया र इंग्ल्याण्डबीचको त्रिपक्षिय टि–२० खेलमा आफ्नो ‘गोप्य हतियार’ प्रयोग गर्ने बताएकी हुन् ।

भारयीय क्रिकेटका सुपर स्टार विराट कोहलीको प्रशंसक रहँदै आएकी वेटले ट्वीटर मार्फत नै विराटलाई विवाहको प्रस्ताब राखेकी थिइन् ।

 

‘ट्वीट गरेको १० मिनेटपछि नै हजारौं फेब र रिट्वीट भएका थिए ।’ सन् २०१४ मा भएको यो घटनाको उनले स्मरण गरिन् ।

‘भेटका क्रममा उनले मलाई ट्वीटरमा यस्तो कुरा भन्न नहुने बताए ।’ त्यसपछि विराटले उनलाई आफ्नो ब्याट उपहारको रुपमा दिएका थिए ।

त्यही ब्याट वेटले आशन्न प्रतियोगितामा प्रयोग गर्ने बताएकी छिन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey