थ्री बाइ थ्री बास्केटबलमा मल्पी च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२८
  • |
  • 247 पटक हेरिएको
फागुन २८, काठमाडौं ।आयोजक मल्पीले दोश्रो मल्पी कप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो उपाधि जितेको छ । मल्पी ब्वाइज र गर्ल्स दुवैमा च्याम्पियन बन्यो ।
बालुवाटारस्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा मल्पी ‘ए’ ले काष्ठमण्डपलाई २१–१६ ले हरायो । मल्पीको जितमा प्रसङ्गध्वज मास्केले सर्वाधिक १२ अंक योगदान गरे भने आकाश कर्मा सोनमले ६, केनोर दोर्जीले २ र निकेश शाहले १ अंक जोडे ।
सोमबारै भएको ब्वाइजको सेमिफाइनलमा मल्पी ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई १८–६ तथा काष्ठमण्डपले द ब्रिटिस मोडेल कलेजलाई २१–१२ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।
तीन टिम सहभागी गर्ल्सको राउन्ड रोविन लिगमा मल्पीले ब्रिटिसलाई १२–४ तथा एसलाई ८–६ ले पन्छाउँदै उपाधि हात पार्न सफल भयो ।
दुवै खेलमा मल्पीकी कर्मा शेर्पाले सर्वाधिक स्कोर गरिन् । कर्माले ब्रिटिस विरुद्ध ८ र एस विरुद्ध ७ अंक जोडिन् । एसले ब्रिटिसलाई ४–२ ले पाखा लगाउदै दोश्रो भयो ।
ब्वाइजमा प्रसङ्गध्वज मास्के र गर्ल्समा कर्मा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै उपाधि विजेता मल्पीका हुन् ।
दुईदिने प्रतियोगिताको ब्वाइजमा ८ र गर्ल्समा ३ टिम सहभागी थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey