दिलिप स्मृति तेक्वान्दाेमा अायाेजक टिम च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२६
  • |
  • 303 पटक हेरिएको

फागुन २६, काठमाडौं । आयोजक दिलिप स्मृति प्रतिष्ठान दोश्रो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दोमा टिम च्याम्पियन बनेकाे छ ।

त्रिपुरेश्वरमा भएको प्रतियोगितामा दिलिप स्मृतिले ७ स्वर्ण, ४ रजत र ३ कास्य जित्यो । २ स्वर्ण, ३ रजत र ५ कास्यका साथ ढल्को डोजाङ दोश्रो भयो । तेश्रो स्थानको कपनले २ स्वर्ण, १ रजत र ४ कास्य जित्यो

प्रतियोगिताको पुरुषमा थ्रीस्टारका सुरज सिन्तान तथा महिलामा दिलिप स्मृतिकी करुणा ढुंगाना उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई काठमाडौं महानगरपालिकाकी उप मेयर हरिप्रभा खड्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

समापन समारोहमा तेक्वान्दो खेलाडी दिपेन्द्र कार्की र कपिल थापा, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रमोद पराजुली तथा तेक्वान्दो प्रशिक्षक मनोज खड्गी, टोनिल कर्माचार्य र अर्जुनभक्त राईलगायतलाई सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा १ सय ८० खेलाडीले विभिन्न १८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey