नेपालले आज अफगानिस्तानसँग खेल्दै, दुबै टिमलाई जित्नै पर्ने दबाव

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२६
  • |
  • 162 पटक हेरिएको

फागुन २५ । आर्इसीसी विश्वकप छनोट अन्तर्गत नेपालले आज चीरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्नेछ । प्रतियोगिताको सुपरसिक्समा स्थान बनाउन नेपालका लागि यो खेल गर या मरको रुपमा छ ।

जिम्बावेको बुलायाओ स्थित एथ्लेटिक क्लवमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेबाट हुनेछ । नेपालका लागि यो नयाँ पीच हो । यसअघिका दुवै खेल नेपालले क्वीन्स स्पोर्टस क्लवको मैदानमा खेलेको थियो ।

पूर्व निर्धारीत खेलतालिका अनुसार यो खेल पनि क्विन्स स्पोर्टस क्लवमै हुनुपर्ने थियो । तर, आर्इसीसीले दर्शकको सुरक्षाका कारण अन्तिम समयमा मैदान परिवर्तन गरेको हो ।

नेपाल र अफगानिस्तान ५० ओभरको खेलमा अहिलेसम्म ७ पटक खेलेका छन, सन् २००४ को एसीसी ट्रफीमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा आएको अफगानिस्तानलाई नेपालले पराजित गरेको थियो, त्यसयता नेपालले जित हासिल गरेकाे छैन

अफगानिस्तान एसोसियट राष्ट्र हुँदा देखि नै नेपालको चीर प्रतिद्वन्द्वी हो । तर जारी प्रतियोगितामा लगातार तीन खेलमा हार ब्यहोर्दै अफगानिस्तानको सुपरसिक्समा पुग्ने सम्भावना न्यून बनेको छ ।

यता नेपालले भोलि अफगानिस्तानलाई हराएमा र अन्तिम खेलमा हङकङलाई पनि पराजित गरेमा सुपरसिक्समा पुग्नेछ । तर एक खेल हारेपनि नेपालको सुपरसिक्समा पुग्ने सम्भावना समाप्त हुनेछ ।

यता अफगानिस्तानले नेपाललाई हराएमा र हङकङ जिम्बावेसँग पराजित भएमा पनि नेपाल र हङकङको खेलको नजिता कुर्नुपर्ने हुन्छ । यदि अन्तिम खेलमा हङकङलाई नेपालले हराएमा रनरेटका आधारमा सुपरसिक्समा पुग्ने तेस्रो टिमको टुङगो लाग्नेछ ।

नेपाल र अफगानिस्तान ५० ओभरको खेलमा अहिलेसम्म ७ पटक खेलेका छन । सन् २००४ को एसीसी ट्रफीमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा आएको अफगानिस्तानलाई नेपालले पराजित गरेको थियो । त्यसयताका ६ भेटमा नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन ।

 

 

जारी प्रतियोगितामा नेपालले बलिङमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा चुक्दै आएको छ । भोलिको खेलमा नेपालले ब्याटिङमा सुधार गर्न सकेमा अफगानिस्तानलाई हराउन त्यति गाह्रो भने हुने छैन ।

किनभने प्रतियोगिताको उपाधि दावेदार भए पनि अफगानिस्तान यसअघिका ३ खेलमा पराजित भएर दवावमा परेको छ । विश्व नम्बर १ बलर रशिद खानको कप्तानीमा पहिलो पटक उत्रिएको अफगानी टोली प्रतियोगिताबाटै बाहिरिने संघारमा पुगेको छ ।

यसअर्थमा शनिबारको खेलमा नेपाल भन्दा बढी दवाव अफगानिस्तानलाई छ, र त्यसको फाइदा नेपालले लिन सक्नेछ ।

त्यसमा पनि अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद सहजाद टिममा हुनेछैनन् । टेष्ट मान्यता पाइसकेको अफगानी बलरहरु नेपालका लागि चुनौति बन्न सक्छन् ।

यसै पनि नेपालको परम्परागत ब्याटिङ समस्याले जिम्बावेमा पनि निरन्तरता पाइरहेको छ । नेपालका लागि शनिबारको खेल नयाँ पीचमा भएकाले होसियारी अपनाउनुपर्ने आवश्यकता पनि छँदैछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey