स्कटल्याण्डसँग हार्नुको कारणहरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२४
  • |
  • 140 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य समस्या नै ब्याटिङमा छ । हरेक महत्वपुर्ण खेलहरुमा नेपाली ब्याट्सम्यानहरुले संघर्ष गर्दै आएका छन ।

नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टु मा पनि फितलो ब्याटिङ प्रदर्शन गर्दा नेपालले जितका लागि अन्तिम बलसम्म कुर्नु परेको थियो । आज स्कटल्याण्डविरुद्ध पनि नेपालले कमजोर ब्याटिङकै कारण ४ विकेटको हार बेहोर्न बाध्य भयो ।

स्कटल्यान्ड विरुद्ध नेपालको हारका प्रमुख कारणहरु यसप्रकार रहेका छन ।

१ फ्लप ओपनीङ जोडी 

नेपाली टिममा विगत लामो समयदेखि ओपनिङ जोडीले गतिलो सुरुवात दिन सकिरहेको छैन । आज पनि दिलिपनाथ र ज्ञानेन्द्र मल्लको जोडीले पहिलो विकेटका लागि जम्मा एक रनको साझेदारी गरे । ज्ञानेन्द्र एक र दिलिपनाथ चार रनमा आउट भए । पछिल्ला १० खेलमा यी दुई खेलाडीको उच्च साझेदारी ३८ रनको रहेको छ । जुन युएई विरुद्ध डिभिजन २ मा गरेका थिए ।

२ पारस चल्दा राम्रो साझेदारी नहुनु

अन्तराष्ट्रिय क्रिकेटमा नेपाली टिम धेरै हदसम्म पारसमा भर पर्दै आएको छ । आज पनि नेपालका लागि पारसले सर्वाधिक ६३ रन बनाए । प्राय पारसले रन नबनाएको खेलमा नेपाली पारी सहज रुपमा अघि बढेको छैन । अन्य ब्याट्सम्यान एक एक रनका लागि तडपिदा पारस भने खुलेर खेल्ने गर्छन । त्यसमा उनी सफल पनि छन् । नेपालको सफलता त्यही ब्याटमा जोडिएको छ ।

३ .भरपर्दा खेलाडी नचल्नु

माथिल्लो क्रमका पांँच ब्याट्सम्यानले सस्तैमा विकेट गुमाए । आशा गरिएका ब्याट्सम्यान आरिफ शेख दुइ, दिपेन्द्र सिंह ऐरी एक र शरद भेषावकर शुन्यमा मैदान बाहिरिए ।

४. चौथो कारण ज्ञानेन्द्र मल्लको फर्म

नेपाली टिमका मुख्य ब्याट्सम्यान ज्ञानेन्द्र हुन् । तर उनको पछिल्लो फर्मले भने पुरै टिम तनावमा छ । उनले रन नबनाएको धेरै भइसक्यो । डिभिजन टु ज्ञानेन्द्रले बनँएको उच्च रन युएइविरुद्ध बनँएको २४ रन हो । कुल ६ खेलमा उनले जम्मा ७९ रन जोडेका थिए । जारी छनौटमा पनि ज्ञानेन्द्र चल्न सकिरहेका छैनन् । जिम्बावेसंगको पहिलो खेलमा ज्ञानेन्द्रले ३२ रन बनाउ“दा स्कटल्यान्डविरुद्ध एक रनमा मैदान बाहिरिए ।

५.  दिपेन्द्र ऐरी र शरद भेषावकर नचल्नु 

शरद नेपाली टिमको मिडिल अर्डरको कमान्डर हुन् । जिम्बावेसंग शरदकै अर्धशतकको मद्दतमा तीन सय ८१ रनको लक्ष्य पछ्याएको नेपालले दुइ सय ६४ रन बनाएको थियो । तर आज दुइ बल खेल्दै शरदले खाता खोल्न सकेनन् । उनी आउट भएसंगै नेपालको पारी कमजोर बन्यो । यस्तै दिपेन्द्र ऐरी डिभिजन टुदेखि नै राम्रो फर्ममा रहेका छैनन् । त्यहि पनि उनको विकल्पका रुपमा अरु खेलाडी नभएपछि उनलाई विश्वकप छनोटमा पनि स्थान दिइएको थियो । तर यसपटक पनि उनी पुर्ण रुपमा असफल देखिएका छन् ।

६. प्रतियोगीताको स्तरअनुरुपको तयारी नहुनु 

छनोट खेलमा एक से एक टोलीको सहभागीता छ । तर यो प्रतियोगिताको स्तरअनुसार नेपालको तयारी भने फिका थियो । भारतबाट ब्याटिङ कन्सल्ट्यान्टका रुपमा नेपाली टिमसंग रहेका उमेश पट्वाल अन्तिम समयमा मात्र आएका हुन् । खेलाडीको क्षमता मात्र भएर यति ठुलो प्रतियोगिता खेल्न निकै गाहे हुन्छ । नेपाली क्रिकेटमा यस्ता प्रतियोगिताहरुको लागि दीर्घकालिन योजनाहरुनै छैनन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey