नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित, सुपरसिक्समा पुग्न बाँकी २ खेल जित्नैपर्नै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२४
  • |
  • 152 पटक हेरिएको

फागुन २४। आईसीसी विश्वकप छनोट अन्तर्गत समुहको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसंग ४ विकेटले पराजित भएको छ । हारपछि नेपालको सुपरसिक्समा पुग्ने सम्भावना निकै कठिन बनेको छ ।

जिम्बावेको बुलायाओ स्थित क्विन्स स्पोर्टस क्लवमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७ ओभर ४ बलमा एक सय ४९ रनमा अलआउट भयो । नेपालका लागि चार खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

जसमा कप्तान पारसले सर्वाधिक ६३ रन बनाए । लिष्ट ए मा एक हजार रन पुरा गरेका पारसको यो सातौ अर्धसतक हो । नेपालले आजपनि सुरुवात निकै खराव गर्यो ।

ओपनर ज्ञानेन्द्र मल्ल मात्र एक रनमा आउट भएपछि नेपालले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । त्यसपछि नेपालले १४ रन बनाउदा चार विकेट गुमायो । दिलिप नाथ चार रनमा आउट भए भने दिपेन्द्र ऐरी मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि क्रिजमा आएका भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर पनि खाता खोल्न नपाउदै आउट भए । नेपालले ३९ रन हुदा ५ विकेट गुमायो ।

आरिफ शेख मात्र दुई रनमा आउट भए । कप्तान पारससँग मिलने ४२ रनको साझेदारी गरेको सोमपाल कामी १८ रनमा आउट भएपछि नेपालले ८१ रनमा ६ विकेट खेर फाल्यो । अन्तिममा रोहित कुमार पौडेल १५, बसन्त रेग्मीले २४ रनको योगदान गरे ।

जवाफमा स्कटल्याण्डले ४७ ओभर चार बलमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । स्कटल्याण्डको जितमा ओपनर क्रेज कोट्जेरले अविजीत ८८ रन बनाए ।

३३ रन हुँदा पहिलो विकेट गुमाएको स्टकल्याण्डले ७२ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि ८७ रन हुदा नेपालले स्कटल्याण्डको चार विकेट लिएको थियो । ब्याटिङमा कमजोर भएपछि बलिङमा नेपालले राम्रो प्रदर्शन गरेको थियो ।

तर कम स्कोरको लक्ष्य भएका कारण नेपाललाई जित निकाल्न कठिन बन्यो । स्कटल्याण्डका लागि म्याथ्यु क्रोसले १४, कलुम म्याक्लोयड १५ जर्ज मुन्सेले १० तथा क्रेग वालेसले १७ रनको योगदान गरे ।

बलिङ तर्फ नेपालका बसन्त रेग्मी र सन्दिप लामिछानेले २–२ विकेट तथा सन्दिप लामिछाने र ललित राजवंशीले एक एक विकेट लिए । लगातार तीन खेलमा जित निकालेको स्कटल्याण्ड सुपरसिक्समा पुगेको छ । अब नेपालले भोली अफगानिस्तानसँग खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey