नेपालबिरुद्दकाे खेलमा खराव बलिङ एक्सनका कारण जिम्बावेका बलरलार्इ प्रतिबन्ध

0

फागुन २४ । नेपालविरुद्धको खेलमा खराव एक्सनले बलिङ गरेको भन्दै जिम्बाबेका बलर ब्रायन भिटोरीलाई आइसीसीले तत्काल देखि लागु हुने गरि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्ध लगाएको छ ।

गत फागुन २० गते भएको नेपालसँगको खेल पछि अफिसियलहरुले उनको बलिङ एक्सनका बारेमा उजुरी गरेका थिए । आइसीसीको नियम ३.६.२ अनुसार अफिसियलको रिपोर्ट पछि गत मंगलबार अफगानिस्तानसँगको उनको बलिङ एक्सन रेकर्ड गरिएको थियो ।

भिडियो रेकर्डको विश्लेषण अनुसार आइसीसीको विश्वकप छनौटको इभेन्ट प्यानलले उनको बलिङ एक्सनलाई आइसीसीको नियम विपरित भएको पाएको थियो ।

आइसीसीले उनलाई अनिश्चितकालका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्ध लगाए पनि भिटोरीले आइसीसीको बलिङ टेस्ट सेन्टरमा गएर टेस्ट दिन पाउने आइसीसीले उल्लेख गरेको छ ।

भिटोरीले नेपालविरुद्ध ८ ओभर बलिङ गर्दै बसन्त रेग्मी र रोहित पौडेललाई आउट गरेका थिए ।

 

Post Add 1025X115
Loading...