नेपाल भर्सेस स्कटल्याण्ड: टस जितेर नेपाल ब्याटिङमा

0

फागुन २४ । आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

जिम्बावेको बुलावायो स्थिती क्वीन्स स्पोर्टस क्लबमा केही बेरमा सुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।

जिम्बावेविरुद्ध खेल कै टिमलाई प्रशिक्षक जगत टमाटाले स्कटल्याण्डविरुद्ध पनि निरन्तरता दिँदैछन् ।

नेपालः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान, शरद भेषावकर, सोमपाल कामी, बसन्त रेग्मी, आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्रसिंह ऐरी, दिलिप नाथ (विकेट कपिर), रोहित कुमार पौडेल, ललित नारायण राजवंशी ।

 

Post Add 1025X115
Loading...