२०१६ पछि घरेलु मैदानमा सिटी पराजित, हारपछि पनि च्याम्पियन्स लिगको अन्तिम ८ मा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२४
  • |
  • 141 पटक हेरिएको

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको प्रिक्वाटर फाइनलको दोस्रो लेगमा सिटी बसेलसंग पराजित भएपछि समग्रमा चार तीन गोलले अगाडी रहदै अन्तिम आठमा स्थान बनायो ।

घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले पहिलो लेगमा बनाएको चार गोलको अग्रता नै उसलाई क्वाटरफाइनलमा पुर्याउन महत्वपुर्ण बन्यो ।

गएराति भएको दोस्रो लेगमा भने सिटी बसेलसंग दुई एकले पराजित भयो । सिटीले घरेलु मैदानमा २०१६ पछि पहिलो पटक हार ब्यहोर्न बाध्य भयो ।

अधिकांस खेलाडीलाई बेन्चमा राखेको सिटीले एक गोलको अग्रता जोगाउन सकेन । खेलको आठौ मिनेटमा नै गाब्रियल जिससको गोल मार्फत सिटीले खेलमा अग्रता बनाएको थियो ।

तर १७ औ मिनेटमा मोहम्मेद लियुनुसीले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि ७१ औ मिनेटमा मिचेल लाङले पाहुना टिम बसेलका लागि दोस्रो गोल गर्दै टिमलाई जित दिलाएपनि क्वाटरफाइनलमा पुग्न प्रयाप्त बनेन ।

सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको दोस्रो पटक हो । यसअघि सिटी अघिल्लो सिजन पहिलो पटक नकआउट चरणमा पुगेको थियो ।

सिटीले च्याम्पियन्स लिगको दोस्रो लेगमा अहिलेसम्म जित निकाल्न सकेको थिएन । जुन गएराति पनि जारी रह्यो । उसले खेलको पाँच वटा खेलमा चारमा हार र एक बराबरी खेलेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey