एक्सपर्ट कलेज प्रिमियर लिगमा एक्मी कलेज विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२३
  • |
  • 324 पटक हेरिएको

फागुन २३ । एक्सपर्ट कलेज प्रिमियर लिगमा आज भएको खेलमा एक्मी कलेज टिम विजयी भएको छ ।

किर्तीपुरको ल्याब स्कुलको मैदानमा भएको खेलमा एक्मी कलेजले युनिग्लोबको बी टिमलाई ३७ रनले हरायो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको एक्मी कलेजले निधारीत २० ओभरमा १ सय ३९ रन बनायो । उसका लागी विश्व मगर र आशिष पौडेलले समान २६-२६ रन जोडेका थिए । बलिङ तर्फ यूनिग्लोब बी का रोशन श्रेष्ठ ३ विकेट लिए ।

जवाफमा युनिग्लोब बी टिम २० ओभरमा ९ विकेट गुमाउँदा १ सय २ रन मात्र जोड्न सक्यो । उसका लागी हर्सा विक्रमले ३५ र अर्जुन सिहंले १८ रन बनाए । बलिङ तर्फ एक्मी कलेजका भियोम श्रेष्ठ ५ विकेट लिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey