सिक्किम युनाईटेडलाई हराउँदै आयोजक टिम झापा गोल्डकपको सेमिफाइनलमा

0

भारतको सिक्किम युनाईटेडलाई हराउदै घरेलु टिम झापा-११ तेस्राे झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

डोमालाल रंगशालामा भएको खेलमा झापाले सिक्किमलाई २–१ गोल अन्तरले हरायो । झापालाई सेमिफाइनलमा पुर्याउने सिक्किमका जिम्मी दोर्जी भुटियाको आत्मघाती गोल निर्णायक बन्यो ।

त्यसो त झापाले पाहुना टिम सिक्किमको एक गोलको अग्रता उल्ट्याएको हो । खेलको १८औं मिनेटमा मेलदोक लेप्चाले गोल गर्दै सिक्किमलाई अग्रता दिलाएका थिए ।

तर २४औं मिनेटमा खामिर गिल्सोन कन्दवाले गोल गर्दै झापालाई बराबरीमा पुर्याए । तर ४२औ‌ं मिनेटमा झापाको प्रहारलाई क्लियर गर्ने क्रममा जिमी दोर्जीले आफनै पोष्टमा गोल गर्न पुगे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको झापा विरुद्ध ६४औं मिनेटमा सिक्किमका ज्याङपोले राम्रो मौका पाएपनि सफल हुन सकेनन् । त्यसपछि दुबै टिमबाट थप गोल भएन र झापाले सेमिफाइनलमा स्थान बनायो ।

Post Add 1025X115
Loading...