सिपीएलमा मोर्गनले युनिग्लोबलाई १ सय ५२ रनले हरायो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२३
  • |
  • 186 पटक हेरिएको

फागुन २३, काठमाडौ । एक्सपर्ट कलेज प्रिमियर लिग अन्तर्गत काठ्मान्डौं जिल्लाको छैठो दिनको पहिलो खेलमा मोर्गन कलेजले युनिग्लोब ए टिमलाई १ सय ५२ रनको भारी अन्तरले हराएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको मोर्गन कलेजले निधारीत २० ओभरको खेलमा ६ विकेट गुमाउदै २ सय ३९ रनको लक्ष्य दिएको थियो । उसका लागी आयुशमान बमले सर्वाधिक १ सय ३५ र सुरज बोहराले ८२ रन जोडेका थिए ।

बलिङ तर्फ युनिग्लोब ए का अर्विन्द यादवले ३ ओभर १८ रन ३ विकेट लिएका थिए ।

जवाफमा युनिग्लोब १३.५ ओभरमा ८७ रनमा अलआउट भयो । उसका लागी शास्वत पौडेलले १५ रन बनाउदा बाँकि खेलाडी सस्तैमा आउट भए । बलिङ तर्फ मोर्गन कलेजका सरोज ऐरले ४ विकेट लिए ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey