रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा

0

फागुन २३ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन पीएसजीलाई ५–२ ले हराउँदै साविक विजेता रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

रोनाल्डो र कासिमिरोले दोस्रो हाफमा १–१ गोल गर्दा १० खेलाडीमा सिमित पीएसजीलाई रियलले दोस्रो लेगमा २–१ ले हरायो ।
पहिलो लेगमा हात पारेको ३–१ को जितका कारण केही सहज स्थितीमा रहेको रियल मड्रिडलाई पीएसजीले आफ्नो मैदानमा केही दबाब दिएको थियो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५१ औं मिनेटमा लुकास भाज्क्वेजको पासमा रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए ।

६६ औं मिनेटमा  पीएसजीका मिडफिल्डर मार्को भेराट्टी रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडमा सिमित भयो । तर त्यसको पाँच मिनेटपछि इडिन्सन कभानीले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने प्रयास गरे ।

८० औं मिनेटमा कासिमिरोले गोल गरेपछि पीएसजीको यात्रा रोकिन पुग्यो ।

Post Add 1025X115
Loading...