एक्सपर्ट कलेज प्रिमियर लिगमा केसीसी र निष्ट कलेज विजयी

0

एक्सपर्ट कलेज प्रिमियर लिग अन्तर्गत काठमान्डौंमा जारी प्रतियोगितामा आज केसीसी र निष्ट कलेज विजयी भएका छन ।

किर्तीपुर स्थित ल्याब्रोटरीको मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटि¨को गरेको कमाड कलेजले १९.५ ओभरमा १ सय २६ रन बनायो ।

उसका लागि आरिस पुरीले २४ तथा रवि बम र विशाल घिमिरेले समान १३–१३ रन जोडे । बलिङ तर्फ केसीसीका संजय यादवले ३ विकेट लिए ।

जवाफमा केसीसीले १९.२ ओभरमा लक्ष्य पुरा गरयो । उसका लागि नगेन्द्र उपाध्यायले २० रन बनाए भने सुमन चापागाईले १८ रन जोडे । बलिङ तर्फ कमाड कलेजका गणेश बुढाकेशरी ४ विकेट लिए ।

दोस्रो खेल साउथ वेष्र्टन कलेजलाई निष्ट कलेजले १ सय २८ रनले हरायो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएकोे निष्ट कलेजले २० ओभरमा २ सय २० रनको विशाल लक्ष्य दिएको थियोे ।

उसका लागी शोहन यादवले ६७ र रनविर यादव र अनुप श्रेष्ठले समान २९–२९ रन जोडे ।

जवाफमा साउथ वेष्र्टन १६ ओभरमा मात्र ९१ रनमा अलआउट भयो । उसका लागी अनुप कोईरालाले १६ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए ।

बलिङ तर्फ निष्ट कलेजका अनुप श्रेष्ठले ३ ओभर १६ रन दिदै ३ विकेट लिए ।

Post Add 1025X115
Loading...