पहिलो टेष्ट अष्ट्रेलियाको पक्षमा, दक्षिण अफ्रिका ११८ रनले पराजित

0

फागुन २१ । दक्षिण अफ्रिका विरुद्धको पहिलो टेष्टमा अष्ट्रेलिया एक सय १८ रनले विजयी भएको छ । जितसंगै अष्ट्रेलियाले चार टेष्टको श्रृखंलामा एक शुन्यको अग्रता बनाएको छ ।

दक्षिण अफ्रिकाको डर्वनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टिमले पहिलो पारीमा ३ सय ५१ रन बनाएको थियो ।

उसका लागि मिचेल मार्सले ९६ तथा कप्तान स्टिभ स्मिथले ५६ तथा डेविड वार्नरले ५१ रन बनाए ।

जवाफमा दक्षिण अफ्रिका पहिलो पारीमा मात्र एक सय ६२ रनमा अलआउट भयो । उसका लाग एवी डिभिलिर्सले अविजीत ७१ रन बनाउदा बाकि खेलाडीले राम्रो खेल्न सकेनन ।

दोस्रो पारीमा अष्ट्रेलिया मात्र २ सय २७ रनमा अलआउट भयो । उसका लागि क्यामरुन बेनक्रोफ्टले ५३ रन बनाउदा अरु खेलाडी सस्तैमा आउट हुदा दक्षिण अफ्रिकाले चार सय १७ रनको लक्ष्य दियो ।

विशाल लक्ष्य पक्ष्याएको दक्षिण अफ्रिका दोस्रो पारीमा मात्र २९८ रनमा अलआउट भयो ।

उसका लागि एडीन मार्करामले एक सय ४३ तथा क्विन डी ककले ८३ रनको पारी खेलेपछि टिमलाई हारबाट बचाउन सकेनन । किनकी यी दुई खेलाडीलाई अरु खेलाडीले साथ दिन सकेनन ।

Post Add 1025X115
Loading...