सल्यक्रिया पछि नेयमार स्वदेश फर्किए, ३ साता बैसाखीको सहारा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२१
  • |
  • 371 पटक हेरिएको

फागुन २१ । ब्राजिलियन स्टार नेयमार खुट्टाको सफल शल्यक्रिया पछि पहिलो पटक सार्वजनिक भएका छन ।

फ्रेन्च लिगका क्रममा दाइने खुट्टा भाँचिएका नेयमारको शनिबार सफल शल्यक्रिया गरिएको थियो । सल्यक्रिया गरेको दोस्रो दिन उनि ब्रजिलको बेलो होरेजेन्टो उड्ने क्रममा उनको बैशाखी सहितको तस्विर सार्वजनिक भएको हो ।

पामफुल्ला विमानस्थलबाट आफ्नो निजी बिमानमा स्वदेश फर्किएका नेयमार बैशाखीको सहारामा विमानमा चडेका थिए । साथमा उनका सहयोगि पनि रहेका थिए ।

२६ बर्षे नेयामारको सल्यक्रियाबाट हड्डीमा देखिएको मसिनो चिरालाई निवारण गरिएको थियो ।

सल्यक्रियामा सम्लग्न डाक्टरले नेयमार ३ सातामा प्रशिक्षणमा फर्किनसक्ने बताएका छन । साथै अगामी जुनमा रसियामा हुने विश्वकपमा नेयमार राष्ट्रिय टिमबाट भाग लिन पनि पाउनेछन ।

अग समरको खेलाडी अनुबन्ध विन्डोमा नेयमार विश्व किर्तिमानी १९८ मिलियन पाउण्डमा बार्सिलोनाबाट पिएसजी गएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey