चोटका कारण इनिएस्टाले चेल्सीविरुद्दको खेल गुमाउन सक्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२१
  • |
  • 240 पटक हेरिएको

फागुन २१ । एथ्लेटिको मड्रिड विरुद्धको खेलमा चोटग्रस्त बनेका बार्सिलोनाका मिडफिल्डर आन्द्रे इनिस्टाले च्याम्पियन्स लिग अन्तर्गत चेल्सी विरुद्धको खेल गुमाउने सम्भावना बढेको छ ।

ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिकोलाई १–० ले हराउदा इनिस्टा ३६ औ मिनेटमा ह्यामस्ट्रिङको चोटका कारण मैदानबाट बाहिरीएका थिए । ३६ बर्षे इनिस्टाका बारेमा क्लवले चोटका कारण इनिस्टा च्याम्पियन्स लिग खेल्ने सम्भावना कम भएको बताएको छ ।

उनको चोटका बारेमा जाँच हुने र चोट कतिको गहिरो छ त्यसपछि आधिकारीक धारणा राख्ने क्लवले जनाएको छ । खेलको २२ औ मिनेटमा नै इनिस्टाको दाँया खुट्टामा समस्या देखिएपछि उनलाई सब्सिच्युट गरिएको थिएन । तर ३६ औं मिनेटमा इनिस्टा खेल्न नसक्ने भएपछि मैदानबाट बाहिरीएका हुन ।

च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले घरेलु मैदानमा मार्च १४ तारिखमा खेल्दैछ । उनिहरु विचको पहिलो लेग एक एक गोलको बराबरीमा सकिएको थियो ।

यतिमात्र होइन इनिस्टाले शनिबार ला लिगा अन्तर्गत मालागा विरुद्धको खेल भने गुमाउने निश्चित छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey