चेल्सीविरुद्दको जितले सिटीलाई उपाधि यात्रा सहज

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२१
  • |
  • 181 पटक हेरिएको

फागुन २१ । इग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिग लिडर म्यानचेस्टर सिटीले चिरप्रतिद्धन्द्धी चेल्सीलाई एक शुन्यले हराएको छ । जितसंगै सिटीले उपाधि यात्रा थप मजबुत बनाएको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीको जितमा बेर्नार्डो सिल्भाको एकमात्र गोल निर्णायक बन्यो ।

करीव ५५ हजार दर्शक माझ भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।

तर ४६ औ मिनेटमा चेल्सी विरुद्ध डेविड सिल्भाको पासमा बेर्नार्डोले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसपछि पनि चेल्सीले खेलमा फर्किन धरै प्रयास गरेपनि सफल हुन सकेन ।

जितसँगै म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँगको अग्रता १८ अंकमा पुरयाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey