तिलोत्तमा गोल्डकपको तयारी अन्तिम चरणमा

0

फागुन २४ देखि बुटवलमा हुने तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

रुपन्देही फुलबल संघको आयोजनामा बुटवलको देवीनगरस्थित एन्फा टेक्नीकल सेन्टरमा हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रतियोगिताका लागि खेलमैदानको मर्मताका साथै अन्य प्राविधिक पाटाहरुको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

प्रतियोगिताका बेला दर्शकलाई बस्न मिल्नेगरी प्याराफिट निर्माण गर्ने, एन्फाको स्थायी संरचना रंगरोगन र मर्मतसंहार गर्ने काम अघि बढेको छ ।

तिलोत्तमा गोल्डकपमा काठमाडौ बाहिरका तीन टिम सहित सात क्लबले सहभागिता जनाउने छन् । जसमा विभागीय टिम नेपाल आर्मी, नेपाल प्रहरी,एपिएफ , डिफेन्डिङ च्याम्पियन शंकटा, थ्री स्टार, मनाड., फ्रेन्डस क्लब, आयोजक रुपन्देही ११, झापा ११ र सुदुरपश्चिम ११ रहेका छन् ।

प्रतियोगितामा उपाधि विजेताले सात लाख ७७ हजार सात सय ७७ हजार रुपैया पाउनेछ भने उपविजेताले चार लाख ४४ हजार चार सय ४४ रुपैया हात पार्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल पाउनेछ ।

पाँच विधामा उत्कृष्ठ खेलाडीलाई नगद पुरस्कार रहेको छ । करीब ८३ लाख खर्च अनुमान गरिएको प्रतियोगिताका लागि मुख्य प्रायोजक भने अझै टुङगो लागेको छैन । २०३३ सालदेखि सुरु भएको प्रतियोगिताको यो २० औ सस्करण हो ।

Post Add 1025X115
Loading...