एपीएफलाई सिजनको पाँचौं उपाधि, न्यू डायमण्ड फेरि निराश

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१९
  • |
  • 381 पटक हेरिएको

फागुन १९, काठमाडाैं । न्यू डायमण्डलाई हराउँदै चौथो एनएसटी एनभीए कप राष्ट्रिय क्लव भलिबलको महिलातर्फको उपाधि एपीएफले जितेको छ ।

नेपाल सेटलाइट टेलिकमको आयोजनामा भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा शनिबार दुई शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै एपीएफले ३–२ को रोमाञ्चक प्रतिस्पर्धात्मक सेटमा न्यू डायमण्ड एकेडेमीलाई हरायो ।

सुरुआती २ सेटमा न्यू डायमण्डले २५–१६ र २५–१६ को जित निकालेको थियो । तर, त्यसपछिका तीन सेटमा एपीएफ हावी हुन पुग्यो । त्यसयता एपीएफले २५–१४, २५–१३ र १५–९ को सेटमा जित निकाल्यो ।

सभागी सावित भएको न्यू डायमण्ड सिजनको दोस्रो उपाधि जित्नबाट चुक्दा एपीएफले सिजनमा पाँचौं उपाधि उचाल्यो । सबै प्रतियोगितामा एपीएफले न्यु डायमण्डलाई हराउँदै उपाधि जितेको छ ।

गत भदौमा भएको तीज कप महिला भलिवलको उपाधि उचालेको एपीएफले माघयता पाँचमध्ये चार प्रतियोगिता जित्न सफल भयो ।

माघको तेस्रो साता ढोरपाटन डवल लिग भलिबलको उपाधि जितेको एपीएफले त्यसको एक सातापछि न्यू डायमण्ड कपमा आयोजक टोलीसँग पराजय ब्यहो¥यो ।

त्यसयता एपीएफले चितवनको मेयर कप, बाँकेमा भएको प्रधानमन्त्रीकप भलिबलको उपाधि उचाल्यो । राष्ट्रिय खेलाडीले भरिएको एपीएफ अहिले निक्कै उच्च लयमा छ ।

यता पश्चिमाञ्चलको टोलीका मञ्जु गुरुङ र अरुणा शाहीलाई आबद्ध गराएर पनि न्यू डायमण्डले यस प्रतियोगिताको उपाधि जित्न सकेन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal