पीएसजीसँग दूरी घटाउँदै मोनाको

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१९
  • |
  • 152 पटक हेरिएको

फागुन १९ । मोनाकोले फ्रान्सेली लिग वानमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेइन्सँगको अंक दूरी ११ अंकमा झारेको छ ।

बोर्डेअक्सबिरुद्ध २–१ गोलको जित हासिल गर्दै मोनाकोले लिगको २८ खेलमा ६० अंक जोडेको छ । एक खेल कम खेलेको पीएसजीको ७१ अंक छ ।

गएराति मोनाकोको घरेलु मैदानमा अग्रता भने बोर्डेअक्सले लिएको थियो । ३२औं मिनेटमा भ्यालेन्टिन भाडाको उत्कृष्ट गोलमार्फत मोनाको अप्रत्यासित रुपमा पछि परेको थियो । तर, पहिलो हाफको अन्तिम मिनेमा म्यान्चेस्टर सिटीका पूर्व स्ट्राइकर स्टेभन जोभेटिकले बराबरी गोल फर्काए ।

६८औं मिनेटमा रोनी लोपेजले घरेलु टोली मोनाकोका लागि विजयी गोल गरेका थिए ।

लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा निसले लिलीलाई २–१ गोलअन्तरले हराएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal