लेगानेसको पोस्टमा ग्रिजम्यानको चार गोल

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१७
  • |
  • 159 पटक हेरिएको

फागुन १७ । एन्टोनी ग्रिजम्यानले चार गोल गर्दा स्पेनिस ला लिगामा एथलेटिको मड्रिडले लेगानलेसलाई ४–० ले हराएको छ ।

एन्टोनी ग्रिजम्यानको लगातार दोस्रो ह्याट्रिक हो । ला लिगा अन्तर्गत नै यसै साता सेभियाविरुद्धको खेलमा एथलेटिकोले ५–३ को जित निकाल्दा पनि एथलेटिकोले ह्याट्रिक गरेका थिए ।

२६औं मिनेटमा कोकेको पासमा गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाएका ग्रिजम्यानले ३५ औं मिनेटमा दोस्रो गोल गरे ।

५६औं मिनेटमा फिलिपे लुइसको पासमा ग्रिजम्यानले ह्याट्रिक पुरा गरे ।

त्यसको १० मिनेटपछि ग्रिजम्यानले डिएगो कोस्टाको पासमा गोल गर्दै एथलेटिकोलाई ४–० को जित दिलाए ।

जितसँगै एथलेटिको मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी ४ अंकमा छा्ट्याएको छ भने तेस्रो स्थानको रियल मड्रिडलाई १० अंकले पछि छोडेको छ । एथलेटिको २६ खेलबाट ६१ अंक सहित दोस्रो स्थानमा छ भन एक खेल कम खेलेको बार्सिलोनाको ६५ अंक छ । रियल भने २६ खेलबाट ५१ अंक सहित तेस्रो स्थानमा छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey