कोपा इटालियाको फाइनलमा मिलान र युभेन्टस

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१७
  • |
  • 140 पटक हेरिएको

फागुन १७ । युभेन्टस र मिलान इटालियन कपको फाइनलमा पुगेका छन् । सेमिफाइनलमा युभेन्टसले एटलान्टालाई हरायो । मिलानले भने लाजियोलाई पन्छायो ।

सेमिफाइनलको दोस्रो लेगमा १–० को जित निकालेपछि युभेन्टस समग्रमा २–० ले विजयी हुँदै फाइनलमा पुग्न सफल भयो ।

घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउनका लागि मिरालेम जानिकको पेनाल्टी गोल निर्णायक बन्यो । उनले ७५ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

लाजियालाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै मिलानले युभेन्टससँगको फाइनल भेट पक्का गरेको छ ।

पहिलो लेगमा गोल रहित बराबरी भएका कारण दोस्रो लेगमा गोल आवस्यक थियो । तर निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।

पेनाल्टीमा मिलानका गोलकिपर जियानलुगी डोनारुम्माले दुईवटा पेनाल्टी बचाएपछि मिलानले लाजियालाई ५–४ गोल अन्तरले पन्छायो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey