काठमाडौं टिम च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१६
  • |
  • 217 पटक हेरिएको

फागुन १६, काठमाडौं । काठमाडौं जिल्लाको टोलीले प्रथम बेलमन्ट राष्ट्रव्यापी कराते प्रतियोगिताको उपाधि जितेको छ । १९ स्पर्धा समावेश प्रतियोगितामा काठमाडौंले सर्वाधिक १३ स्वर्ण जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।

सामाखुशी टाउन प्लानिङस्थित बेलमन्ट इन्टरनेशनल स्कुलद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण जितेर धादिङ दोश्रो भयो । २ स्वर्णसहित भक्तपुर तेस्रो भयो ।

प्रतियोगितामा विशांक राना मगर र साहारा लामाले दोहोरो स्वर्ण जिते । एकदिने प्रतियोगितामा १ सय ८५ खेलाडीले विभिन्न १९ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक विवश घिमिरेले जनाएका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal