फेडेरर र सेरेना बने २०१७ काे उत्कृष्ट खेल ब्यक्तित्व

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१६
  • |
  • 234 पटक हेरिएको

२० पटकको ग्राण्डस्लाम विजेता रोजर फेडेरर बर्ष २०१७ को खेलकुद ब्यक्तित्व बनेका छन ।

३६ बर्षे स्विस खेलाडीले यो २०१७ मा दुई वटा ग्राण्डस्लामको उपाधि जितेका थिए । सात बर्षपछि एकै सिजनमा २ वटा ग्राण्डस्लामको उपाधि जितेका फेडेररको सो बर्ष कमब्याक इयरका रुपमा पनि रहेको थियो ।

उमेर पाको भएपनि कोर्टमा फुर्तिका साथ खेल्ने फेडेररले अवार्ड पछि २०१७ आफ्ना लागि निकै महत्वपुर्ण बर्षका रुपमा रहेको प्रतिक्रिया दिए ।

यस्तै महिला तर्फ अमेरीकी सेरेना विलियम्स बर्षको उत्कृष्ट खेलाडी बनिन । २०१७ मा सेरेनाले आफनो ग्राण्डस्लामको उपाधि सख्या २३ पुर्याएकी थिइन । सोहि बर्ष सेरेना बैबाहिक बन्धन पनि बाधिएकी थिइन भने एक छोरीलाई पनि जन्म दिएकी थिइन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey