ब्याटिङ र बलिङकाे सन्तुलित प्रदर्शनपछि नेपाल अभ्यास खेलमा विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१५
  • |
  • 165 पटक हेरिएको

फागुन १५ । आईसीसी विश्वकप छनोट प्रतियोगिता अघिको अभ्यास खेलमा नेपालले युएईलाई हराएको छ । जिम्बावेमा भएको पहिलो अभ्यास खेलमा नेपालले युएईमाथि ५ विकेटको जित दर्ता गरायो ।

बर्षाका कारण २९ ओभरमा छोट्याइएको खेलमा पहिले ब्याटिङ गरको युएईले २८.५ ओभरमा अलआउट हुँदै १७१ रन बनाएको थियो । ललित सिंह भण्डारीले ४ र ललित राजवंशीले २ विकेट लिएपछि युएई कम स्काेरमा समेटियो ।

५ रनको अवस्थामा पहिलो विकेट गुमाउको युएईका लागि अश्फाक अहमद र गुलाम शाब्बरले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गर्दै पारी उकासेका थिए ।

गुलाम शाब्बरलाई पारस खड्काले दिपेन्द्रसिंह ऐरीको हातबाट क्याचआउट गराएपछि नेपाल लयमा फर्किएको थियो । शाब्बरले ३२ रन बनाएका थिए ।

त्यसपछि लगातार विकेट गुमाएको युएईका लागि अश्फाक अहमदले सर्वाधिक ४२ रनको योगदान दिए भने अद्नान मुफ्तीले ३७ रन बनाए । मुहम्म उस्मानले २६ रन बनाएका थिए ।

करण केसीले पनि ३ विकेट लिए ।

१७२ रनको लक्ष्य नेपालले ४ बल अघि ५ विकेट गुमाउँदै भेटायो ।

नेपालका ज्ञानेन्द्र मल्ले १२, दिलिप नाथले ४, अनिल शाहले ११ रन बनामा आउट हुँदा नेपालले ३ विकेटको क्षतिमा ३९ रन बनाएको थियो ।

कप्तान पारस खड्काले २८ रनको योगदान दिएर नेपालको स्कोर ६९ रन सम्म धकेलेका थिए । चौथो विकेटका लागि शरद भेषावकर र दिपेन्द्रसिंह ऐरीले ५७ रनको साझेदारी गर्दै नेपाललाई १२६ रन सम्म पु¥याए ।

दिपेन्दले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ब्यक्तिगत ४१ रन बनाए ।

त्यसपछि क्रिजमा आएका आरिफ शेखले २३ रन र शरद भेषावकरले ब्यक्तिगत ४१ रन बनाएपछि नेपालले ५ विकेटकाे जित हात पारेको हो ।

दुर्इ साता अघि नामिवियामा भएकाे अार्इसीसी विश्व क्रिकेट लिग डिभिजन टूकाे फाइनलमा नेपाल युएर्इसँग पराजित भएकाे थियाे ।

दोस्रो अभ्यास खेल नेपालले शुक्रबार हङकङविरुद्ध खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal