प्रणव खनाल र माय‌ंका राणा खुल्ला लन टेनिसमा च्याम्पियन

0

फागुन १५, रुपन्देही । बुटवलमा सम्पन्न खुल्ला लन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि नेपाल आर्मीका प्रनव खनालले जितेका छन भने महिला एकलको उपाधि मायंका राणाले हात पारिन् ।

देविनगरस्थित लन टेनिस कोर्टमा भएको फाइनलमा खनालले सन्तोष खत्रीलाई ६-२, ६-२ को सोझो सेटमा पराजित गरे ।

यस्तै महिला एकलमा बहिनी माहिका राणालाई ७-५, ६-३, ६-२ को सेटमा पराजित गर्दै मायंकाले उपाधि हात पारेकी हुन् ।

उपाधिसँगै उनीहरुले नगद ५५ हजार प्राप्त गरेका छन् । उपविजेताले २५ हजारमा चत्त बुझाए ।

 

Post Add 1025X115
Loading...