दक्षिण अफ्रिका विरुद्ध भारतको कमजोर प्रर्दशन, १८७ मै समेटियो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१०
  • |
  • 227 पटक हेरिएको

माघ १० । दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्ट क्रिकेटमा भारत पहिलो दिननै अल आउट भएको छ । टस जितेर पहिला व्याटिङ गरेको भारत जम्मा ७७ ओभर खेल्दै १ सय ८७ रनमा समेटिएको हो । यसअघिका दुई टेस्टपनि भारतले गुमाई सकेको छ ।

भारतकातर्फबाट कप्तान विराट कोहलीले सर्वाधिक ५४ रन जोड भने चेतेश्वर पुजाराले ५० तथा भुवनेश्वर कुमारले ३० रन बनाएका थिए । भारतकालागि अरु कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । अजिन्क्या रहाणेले ९, मुरली विजय र मोहम्मद सामीले ८-८ रन जोडेका थिए । पार्थिब पटेलले २ रन जोड्दा, लोकेश राहुल, हार्दिक पाण्ड्या, इशान्त शर्मा र बुम्राहले खातानै नखोली पेभेलियन फर्किएका थिए । दक्षिण अफ्रिकाका कागिसो रवाडाले सर्वाधिक ३ विकेट लिए ।

मोर्ने मोर्केल, भेरोन फिलेन्डर र एन्ड्ले फिलोक्योले समान दुई दुई विकेट लिएका छन् । आजै पहिलो पारी सुरु गरेको दक्षिण अफ्रिकाले ६ ओभर खेल्दै १ विकेटको क्षतिमा ६ रन बनाएको छ । अफ्रिकाको एक विकेट भारतका भुवनेश्वर कुमारले लिएका हुन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey