पीएसजीले मार्सेलीलाई हरायो, नेइमार घाइते

0

फागुन १४ । फ्रान्सेली लिग लिडर पीएसजीले आइतबार राति ओलम्पिक मार्सेलीबिरुद्ध ३–० को जित हासिल गर्दा खेलको अन्तिमतिर उसका सुपरस्टार नेइमार चोटग्रस्त हुँदै स्ट्रेचरमार्फत मैदान बाहिरिए ।

च्याम्पियन्स लिगमा रियल मड्रिडबिरुद्ध दोस्रो लेगको ९ दिनअघि नेइमार चोटग्रस्त भएका हुने । मार्सेलीका बोउना सारसँगको ट्याकलका क्रममा उनको गोलीगाँठामा चोट लागेको छ । चोटको गम्भीरताबारे केहि बताइएको छ ।

सब्सिच्युड अप्सन सकिसकेकाले मार्सेलीबिरुद्ध पीएसजीले अन्तिम १० मिनेट १० खेलाडीमा खेलेको थियो ।

घरेलु मैदानमा केलर एमबाप्पेको गोलमार्फत १०औं मिनेटमे पीएसजीले अग्रता लिएका थियो ।

२७औं मिनेटमा मार्सेलीका डिफेण्डर जर्ज रोनाल्डोको आत्मघाती गोलमार्फत पीएसजीले अग्रता दोब्बर बनायो ।

दोस्रो हाफमा एडिसन काभानीले पीएफजीलाई तीन शून्य गोलको जित सुनिश्चित गराए । उनले ५५औं मिनेटमा नेइमारको पास सदुपयोग गरी गोल गरेका थिए । त्यसपछि खेलमा गोल हुन सकेन र पीएसजी विजयी भयो ।

जितपछि पीएसजीले शीर्ष स्थानमा स्पष्ट १४ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको मोनाकोले शनिबार बराबरी खेलेको थियो । समान २७ खेलमा पीएसजीको ७१ र मोनाकोको ५७ अंक छ । तेस्रो स्थानको मार्सेलीको ५५ अंक छ ।

Post Add 1025X115
Loading...