महिला राष्ट्रिय क्रिकेटको उपाधि एपिएफलाई, पुर्वाञ्चल ७ विकेटले पराजित

0

फागुन १३, कैलाली । धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । एपीएफले फाइनलमा पुर्वाञ्चललाइ ७ विकेटले हरायाे ।

फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पुर्वाञ्चलले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र ६० रन बनायो ।

उसका लागि काजल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउनु बाहेक अन्य कसैले दोहोरो अंक छुन सकेनन् । एपीएफका लागि कसिलो बलिङ गरेका रेखा रावल , करुणा भन्डारी, सिता राना मगर, रितु कनोजीया र अन्जली चन्दले १–१ विकेट लिए ।

६१ रनको लक्ष्य एपीएफले १६.३ ओभरमा तीन विकेट गुमाउँदै पुरा भेटायाे । एपीएफको जितमा ज्योती पाण्डेले २२, सरिता मगरले अविजित १५ रनको योगदान दिए ।

पुर्वाञ्चलका संगिता रार्इ र शान्ति चौधरीले १-१ विकेट लिएपनि जितका लागि पार्यप्त भएन । विजेता एपीएफले पाँच लाख तथा उपविजेता पुर्वाञ्चलले दुई लाख पुरस्कार प्राप्त गरे । ब्यक्तिगत विधातर्फ पुर्वाञ्चलका खेलाडीको बर्चश्व रह्यो ।

पुर्वाञ्चलकी कप्तान रुविना क्षेत्री प्रतियोगिताको उत्कृष्ट वलर सहित प्लेयर अफ द सिरिज घोषित भइन् । उत्कृष्ट ब्याट्सवुमन पनि पुर्वाञ्चलकै काजल श्रेष्ठ बनिन् । सुदुरपश्चिमाञ्चलकी लक्ष्मी साउद उदियमान खेलाडी बन्दा फेयर प्ले टिम पनि सुदुरपश्चिमाञ्चलनै चुनियो ।

Post Add 1025X115
Loading...