दक्षिण अफ्रिका बिरुद्दको श्रृखंला भारतलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१३
  • |
  • 185 पटक हेरिएको

दक्षिण अफ्रिका विरुद्धको तेस्रो टी–२० क्रिकेट खेलमा भारत ७ रनले विजयी भएको छ । जितसंगै भारतले तीन खेलको श्रृखंला आफनो पक्षमा पारेको छ ।

केपटाउनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ७२ रन बनायो ।

उसका लागि शिखर धवनले ४७ तथा सुरेश रैनाले ४३ रन बनाए । यस्तै हार्दिक पाण्डेले २१ रनको योगदान गरे ।

जवाफमा दक्षिण अफ्रिका २० ओभरमा ६ विकेट गुमाउदा एक सय ६५ रनमा रोकियो ।

उसका लागि कप्तान जेपी डुमिनीले ५५ र क्रिस्टियन जोनकरले ४९ तथा डेविड मिलरले २४ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन ।

दक्षिण अफ्रिकालाई कम स्कोरमा रोक्न म्यान अफ द सिरीज बनेका भुवनेश्वर कुमारले २ विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey